बारा प्रहरीले लकडाउनको अवज्ञा गर्दै हिड्ने ५ पक्राउ

  • 20
    Shares

१२ चैत, बारा । बारामा लकडाउनको अवज्ञा गर्ने हिड्ने ५ जना लाई पक्राउ गरेकाे छ ।

सरकारकाे निर्णय उलङ्घन गर्दै हिड्ने ५ जना लाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले अवज्ञा गरी चलाइएका ८४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताए ।

एसपी पंगेनीले भने,” लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिएको हो ।”

जिल्ला भित्र रहेका औषधी पसल, खाद्यान्न लगायत अति आवश्यक वस्तु बाहेकका अन्य पसल, हाट बजार एवम् मानिसहरू र सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको उनकाे भनाई छ ।

बारा जारी निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधनहरू मध्ये ट्रिपर (३ ओटा), ट्रक (९ ओटा), ट्र्याक्टर (२० ओटा), जीप (५ ओटा), बोलेरो (६ ओटा), स्कर्पियो (२ ओटा) तथा मोसा (१६० ओटा) गरी जम्मा २०५ ओटा सवारी साधनलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक कारवाही एवं सम्झाई बुझाई गरीसवारी फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित : २०७६, १२ चैत्र बुधबार १४:०१