काभ्रेमा ‘लकडाउन’ उल्लङ्घन गर्ने दुई व्यक्त सहित ९२ सवारी नियन्त्रणमा

  • 32
    Shares

१२ चैत्र काभ्रे – कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लक डाउन उल्लङ्घन गर्दा दुईजनालाई पक्राउ गरेको छ।

लक डाउनको उलङ्घन गर्दै अनावश्यक रूपमा निस्किएका २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रबक्ता डीएसपी कुमार बिक्रम थापाले बताए ।

डीएसपी थापाका अनुसार नियम उलङ्घन गर्दै सवारी साधन चलाउने ९२ सवारी साधन लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको विभिन्न स्थानमा राखिएको चेक प्वाइन्टबाट बिना पास सवारी चलाउने हरूलाई नियन्त्रणमा लिइएको थापाकाे भनाई छ । प्रहरीका अनुसार बिहान ६ वजे देखि दिउसाे ३ वजे सम्ममा १७१ ओटा माेटरसाईकल,१२ वटा स्कुटर,३ वटा मिनी ट्रक,५ वटा कार र एउटा साईकल छन् ।

अत्यावश्यक काम औषधी , खाद्यान्न लिन बाहेकको अनावश्यक कामको लागि सडकमा पैदल रूपमा पनि ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

जनस्वास्थ्य जस्तो अत्यन्त संवेदनशील विषयमा सबैले एक हप्ता सम्म यस्तै संयमता अपनाउनु हुने र कसैलाई कारबाही गर्न नपर्ने परिस्थितिको अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सरकारले मंगलबार चैत्र ११ गते बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

प्रकाशित : २०७६, १२ चैत्र बुधबार १५:०४