अदालत बन्द प्रहरी कार्यालयमा थुनुवा अलपत्र

  • 26
    Shares

राेसन दानी ।१२ चैत्र काठमाडौं । सर्वाेच्च अदालतकाे आज बसेकाे आकस्मिक बैठकले देशका सम्पुर्ण अदालतहरू बन्द गर्ने निर्णय संगै प्रहरी कार्यलयकाे हिरासतमा रहेका थुनुवाहरू अलपत्रमा परेका छन् ।

काराेना भाईरस (काेभिड १९ ) काे महामारीका रूपमा फैलिदै गएकाे र नेपाल भर त्यसको संक्रमण फैलिने सम्भावना देखिएकाे भन्दै आज बसेकाे अाकस्मिक बैठकले देशका सम्पुर्ण अदालतहरूकाे काम कारबाही बन्द गर्ने निर्णय गरेकाे हाे ।

अदालतले २०७६ चैत्र ७ गतेपछि परेका र यश अवधिमा पर्नसकने बन्दी प्रत्यक्षीकरण निवेदनकाे सुनुवाइ र मुलुकी फाैजदारी कार्यविधि संहिता,२०७४ काे दफा १५५ अनुसारकाे निवेदन तथा बालबालिका गृहमा रहेका बालबालिकाका जिम्मा लिने सम्बन्धि निवेदन उपर हुने कारबाही एवम् पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुजीकाे समर्थन सम्बन्धि कार्य गर्ने उल्लेख गरेकाे छ ।

अदाल द्धारा जारी विज्ञप्तिमा महामारी संग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरूकाे कारबाही र सुनुवाइ सम्बन्धि कार्य गर्ने जनाएको छ ।
याे निर्णय संगै प्रहरीकाे हिरासतमा रहेका थुनुवाहरूकाे फाईल अनुसन्धान प्रकृया पूरा भएपनि अदालती कारबाही हुन नसकि थुनुवाहरू हिरासतमै अलपत्र हुन बाध्य भएका हुन् ।

काेराेनाकाे त्रासले आज बसेकाे बैठकले पक्राउ पुर्जी सदर गर्ने बाहेकका काम सवै बन्द गर्ने निर्णय संगै यस्काे प्रत्यक्ष असर हरेक प्रहरी कार्यालयकाे हिरासत कक्षमा रहेकाे थुनुवामा परेकाे छ ।
कति पय मुद्दाहरू अनुसन्धान प्रक्रिया सम्पन्न भए पनि अदालत बन्दकाे घाेषणाले उक्त मुदाकाे छिनाेफानाे हुन नपाई थुनुवाहरू हिरासतमा बस्न बाध्य हुनेछ । केही मानव अधिकारवादीहरूले भने उनीहरूकाे मानव अधिकार ,वयक्तिक स्वतन्त्रता प्रति आगात पुग्ने बताएका छन् । काेराेना भाईरसकाे संक्रमणकाे डरले अदालत बन्द हुदा हिरासत भित्र रहेकाे थुनुवाहरूमा भने काेराेना भाईरस संक्रमण काे जाेखिम बढेकाे छ । प्रहरी हिरासतहरूकाे दयनीय अवस्था,काेचाकाेच भएर वस्नु पर्ने वाध्यता र दैनिक रूपमा हिरासतमा थपिने नयाँ नयाँ थुनुवाहरूकाे संक्रमणवाट उनिहरूमा काेराेना भाईरस संक्रमणकाे जाेखिम बढेकाे छ । २४ घण्टा ड्युटीमा रहने प्रहरीकाे काम कारबाही समेत प्रभावित हुने भएकाे छ । थुनुवा थपिदा प्रहरी समेतलाई थप जाेखिम बनाएकाे छ । यस  बिषयमा सर्वाेच्च अदालतका प्रबक्ता भद्रकाली पाेखरेललाई पटक पटक सम्पर्क गर्न खाेज्दा फाेन उठाएनन ।

प्रकाशित : २०७६, १२ चैत्र बुधबार १६:३८