अर्को सूचना जारी नभएसम्मका लागि घरमै बस्न प्रधानमन्त्री ओलीको आग्रह

  • 14
    Shares

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लकडाउन’को समयमा सबै नागरिकहरुलाई घरमै बस्न आग्रह गरेेेेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले अर्को सूचना जारी नभएसम्मका लागि घरमै बस्न आग्रह गरेका हुन ।

उनले भने,  ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नुहोला ।’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै मंगलबार बिहान ६ बजेदेखि सरकारले ‘लकडाउन’ आदेश जारी गरेको हो ।

प्रकाशित : २०७६, १२ चैत्र बुधबार १८:५९