भारतीय नम्बर प्लेट भएको चोरीको स्कर्पियो गाडी बरामद

१३ चैत्र वारा ।जिल्ला प्रहरी कार्यालय बाराले भारतीय नम्बर प्लेट भएको चोरीको स्कर्पियो गाडी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले चोरीको स्कर्पियो गाडी बरामद गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा नं. ०८ कोतवाली स्थित सडक खण्डमा भारतबाट चोरी गरी नेपाल भित्र्याएको अन्दाजी मूल्य ९ लाख ५० हजार मूल्य पर्ने बिआर ५ पि ५१८३ नम्बरको रातो रङ्गको स्कर्पियो गाडी बेवारिसे अवस्थामा फेला पारेकाे बताए ।

प्रहरीका अनुसार बरामद गाडी चेक गर्दा चोरीको देखिएकोले भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय विरगञ्जमा बुझाइएको जनाएको छ।

प्रकाशित : २०७६, १३ चैत्र बिहीबार २१:४०