दरवारमार्ग वृत्तले ५० केजी गाँजा सहित दुई पक्राउ

  • 23
    Shares

काठमाण्डौं ÷४ बैशाख
महानगरीय प्रहरी वृत्त दरवार मार्गले ५० केजि लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
वृत्तले विक्री वितरणको लागि ओसार प्रसार भईरहेको छ भने सुचनाको आधारमा ५० केजि लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरवार मार्गका आनुसार लाजिम्पाट २ वाट जिल्ला सिन्धुली मरिन गाउँपालिका ४ घर भई कोटेश्वर वस्ने वर्ष ३९ को देव कुमार घिसिङ र जल्ला सिन्धुली कमलामाई नगरपालिका ४ घर भई कोटेश्वर वस्ने वर्ष ३० को पद्म वहादुर श्रेष्ठलाई गाँजा सहित पक्राउ गरिएको जनाएको छ ।
दरमार्ग प्रहरीका अनुसार थप अनुसन्धान पश्चात घिसिङ र श्रेष्ठलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरि मुद्धा चलाईएको प्रहरीले वताएको छ ।

प्रकाशित : २०७६, ४ बैशाख बुधबार २१:११