काे काे थिए चौथो संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्ति खाेज्दै प्रहरी

  • 60
    Shares

१४ चैत्र धनगढी : धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने व्यक्तिहरूकाे प्रहरी खाेजी गरेकाे छ ।

काेराेना संक्रमणकाे रिपोर्ट पाेजेटिभ आए पछि ती युवकलाई चैत ११ गते सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरेका व्यक्तिहरूको प्रहरीले खोजी थालेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको बताए ।

ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्। युवकका सम्पर्कमा आएका अन्य व्यक्तिको समेत खोजी सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७६, १४ चैत्र शुक्रबार २०:२२