नेपालमा पाँचौं काेराेना संक्रमित फेला

  • 26
    Shares

१५ चैत्र काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् ।

नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए। प्रबक्ता देवकोटाले भने,कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’

उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ। यसअघि शुक्रबार दुबईबाट आएका अर्का युवामा कोरोना भाइरस पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हाे ।ती युवती बागलुङकी हुन् ।

प्रकाशित : २०७६, १५ चैत्र शनिबार १९:००