बलम्वुमा युद्ध स्तरमा काेराेना राेग अस्पताल निर्माण हुँदै लगभग अन्तिम चरणमा (फाेटाे फिचर )

  • 218
    Shares

१७ चैत्र काठमाडौ । कोरोना भाइसर (कोभिड–१९) को उपचार लागि सशस्त्र प्रहरी बलको चन्द्रागिरि स्थित बलम्वुमा नेपाल एपिएफ अस्पताल एपीएफले बनाउन लागेको १ सय ४० बेडको कोरोना अस्पताल अन्तिम चरणमा पुगेकाे छ ।

सरकारले कोरोना भाइसर (कोभिड–१९) को उपचारको लागि सशस्त्र प्रहरी बलको अस्पताल तोकेपछि अहिले एपिएफए २४ घण्टा खटेर अस्पताल निर्माण कार्य धमाधम भईरहेकाे छ ।

हामी अस्पताल परिसरमै गएर रिपोर्टिङ गरिरहदा सयाैं संख्यामा मजदुर,सशस्त्र प्रहरीहरू ईटा,वालुवा अावश्यक सामाग्री ओसारी रहेकाे दृश्य देखिरहेकाे थियाे ।

एक जना प्रहरीका प्रहरी निरीक्षकले हामीलाई अस्पताल निर्माण कार्यकाे बारेमा जानकारी गराईरहेका थिए भने शिलापत्र डटकमका सञ्चारकर्मी कृष्ण लाेथ्यालले अस्पताल निमार्णका बारेमा जानकारी लिन तलिन देखिन्थे ।
करिव ३ सय राेपनी क्षेत्रफलमा फैलिएकाे अस्पताल परिसरमा करिव १ घण्टा हामी त्यहाका बस्तुस्थिति मात्र निगालिरहयाै ।

हामी संग देव दर्शन मिडिया ग्रुपका अध्यक्ष तथा युवा व्यवसायी राम नारायण घिमिरे पनि अस्पताल निर्माण भए पश्चात् जनतामा ठुलाे राहत मिल्ने उनले तर्क गर्दै भन्थे,” याे अस्पताल नेपालकै नमुना सरकारी अस्पतालकाे रूपमा विकास गर्न सकिए धेरै नेपाली जनताहरूले ठुलाे राहत पाउने हामीलाई सुनाईरहेका थिए ।

हामीले बिश्व महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाईरसकाे त्रास र विश्वमा भाईरसका कारण लाखाै जनले मृत्यु वरण गरिरहेकाे सम्झिरहेका थियाे र साेही क्रममा थप बुझ्न हामीले सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सम्पर्क गर्याै । प्रबक्ता श्रेष्ठले सशस्त्र प्रहरी अस्पतालमा युद्ध स्तरमा काम भईरहेकाे बताउदा हामीले प्रत्यक्ष काम गरिरहेकाे दृश्य अवलाेकन गरिरहेका थियाे ।

उनी भन्दै थिए हामीले अस्पताललाई वाधा नपराेस भने हेतुले सशस्त्र प्रहरी बलको बलम्बुस्थित ९ नम्बर पशुपतिनाथ बाहिनी सरी सकेका छाै, ९ नम्बर पशुपतिनाथ बाहीनीलाई सानो गौचरण स्टाफ कलेजमा सारीएको उनले जानकारी गराए । त्यस्तै योबोहक बलम्बुमा रहेको सशस्त्र प्रहरीको डग शाखा, केन्द्रीय ‘वर्क सप’, हतियार मर्मत शाखा (आर्मड) सारिएको छ भने शिक्षालयसमेत सार्ने तयारी गरेकाे छ ।

हाललाई तीन ओटा भवनमा १ सय ४० बेडको कोरोना राेगकाे मात्र उपचारका लागि युद्ध स्तरमा काम भईरहेका छन् ।

योबाहेक एपीएफको पहिले देखिनै अस्पताल भने छुट्टै छ । यसमा अरू विरामी उपचार गर्ने बाताबरण निर्माण गरिएकाे छ । हाल निमार्ण भईरहेकाे अस्पताल क्षेत्रमा कम्पाउण्डले घिरिने छ र डाक्टर क्वारेन्टाइन देखि उच्च प्रविधि युक्त अस्पताल निर्माण हुनेछ । उपचार पछि स्वास्थ्य कर्मिहरूलाई अस्पताल हाता भित्रै क्वारेन्टाइनमा वस्ने सुविधा समेत उपलब्ध हुने सशस्त्र प्रहरीले बताएको छ ।

हाललाई कोरोनाको लक्षयण देखिएका बिरामी र कोरोनाको पोजिटिभ रिपोर्ट आएकालाई छुट्टा—छुट्टै राख्ने गरेर १ सय ४० बेडको अस्पतालको काम अन्तिम चरणमा रहेको डीआईजी हरिसचन्द्र अधिकारीले बताए ।

‘पहिलो चरणमा बन्ने अस्पतालको ६० वेडको भवनमा कोराना पुष्टि भएका बिरामी र ६० वेडको भवनमा लक्षण देखिएका बिरामी राख्ने गरेर छुट्टा—छुट्टै भवन म्यानेज गरेको छौं,‘ डीआईजी अधिकारीले थपे,‘ त्योबोहके २० वेड भेन्टिलेसनमा राख्नु पर्ने बिरामीको लागि छुट्टै भवन बन्छ ।’

यसबाहेक बिरामीको लागि आवश्यक पर्ने बेड र अन्य उपकरण खरिदको कामसमेत अन्तिम चरणमा पुगेको अधिकारीको भनाई छ ।जतिसक्दो चाडो अस्पताल तयारी गर्ने र अवस्था हरेर अस्पतालको बेड थपिने उनले बताए ।

योबाहेक सुरक्षा निकायलाई सशस्त्र प्रहरी बलको बलम्बु अस्पताललाई कोरोनाका बिरामीलाई मात्र खाख्ने गरेर छुट्टै अस्पताल बनाउन जिम्मा दिएको थियो ।

सशस्त्र प्रहरी बल अस्पतालका प्रमुख डीआईजी हरिशचन्द्र अधिकारीका अनुसार अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशनमा नेपाल प्रहरी, नेपाली सेना र एपीएफ गरी ३ वटै सुरक्षा निकाय खटिएका छन् ।

तस्बिरहरू

प्रकाशित : २०७६, १७ चैत्र सोमबार २०:१७