थानकोटमा मृत अवस्था महिला फेला,पिपिई सहित प्रहरी घटना स्थलमा

१८ चैत्र काठमाडौं । चन्द्रागिरि नगरपालिका सरस्वती मन्द्रिरवाट २०० मिटर नजिक एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

धादिङ घर भएकी अन्दाजी ४४/४५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएकी हुन् ।
उनकाे हुलिया र नाम भने खुलिनसकेकाे थानकोट प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

डीएसपी श्रेष्ठका अनुसार घटना स्थलमा पिपिई सहित प्रहरी प्रहरीले मृतकलाई पाेष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएकाे छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले मृतकबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७६, १८ चैत्र मंगलवार १८:४९