लकडाउन र काेराेना महामारीको भुमरीमा जनता : छ दिन देखि खाना पाएका छैनौं (भिडियो सहित )

१६चैत्र काठमाडौं । बिश्वब्यापी रूपमा फैलिएकाे काेराेना अर्थात काेभिड १९ का कारण विश्व जगत यतिबेला तरङ्गित मात्र भएकाे छैन विश्व अर्थ तन्त्रमा समेत ठुलाे असर देखा परिसकेका छन् ।

बिश्वमा याे नयाँ भाईरसका कारण लाखाैं व्यक्तिको ज्यान जान थालेपछि विभिन्न देशका सरकारहरूले नाका बन्दी देखि लक्क डाउन समेत गरिसकेका छन । चिनकाे उहाँन प्रान्तवाट फैलिएकाे नयाँ भाईरसका कारण कुनै पनि देश अछुतो हुन सकेनन् । नेपालमा पनि भाईरसकाे जाेखिम उच्च रहेकाे भन्दै विश्व स्वास्थ्य संगठन डव्लु.एच.ओले सतर्कता गराईसके पछि लक्कडाउनकाे अवस्थामा आईसकेकाे आज आठाै दिन पनि बितिसक्यो ।

लक्डाउनले हुने हुनेखानेलाई भन्दा पनि हुँदाखाने लाई निकै असर पारि सकेकाे अवस्था देखिसकेकाे छ ।
याे अवस्था नेपाल राज्य भरिनै मुख्य समस्या र चुनाैतीकाे रूपमा पाईएकाे छ । यसै विच कोरोना भाईरसको कारण घोषणा गरिएको लकडाउनको आठौं दिन पुग्दा चन्द्रागिरि नगरपालिका भित्र दैनिक जीवनयापन मै समस्या भएको व्यक्तिहरु भेटिन थालेको छ ।

दैनिक राेजगारीकाे भरमा जीवन यापन गर्नेहरू अहिले काेराेनम भन्दा पनि खाद्यान्न समस्याले मर्ने पाे हाेकी भने पिरले पिराेल्न थालिसकेकाे छ । दैनिक ज्याल मज्दुरी गर्ने,सवारी साधन चलाएर कमाई गरि खाने,लगायत दैनिक गुजारा चलाउनेहरूकाे यति बेला बिच्लि अवस्था सृजना हुदा राज्यकाे र स्थानीय सरकार गम्भीर नभएकाे जनताहरूले बताएका छन् ।

राज्यले कसैलाई भोकै नराख्ने उद्घोष गरे पनि कहीँ पहुच नभएको र आफ्नो समस्या कहाँ गएर राख्ने सम्मको जानकारी नभएकाहरु घर /कोठा मै भोकै बस्न थालेको पाईएकाे हाे ।

राजधानीकाे चन्द्रागिरि नगरपालिका प्रदेश नम्बर ३ कै काठमाडौ महानगरपालिका पछिकाे ठुलाे नगरपालिकाकाे रूपमा रहेकाे छ । चन्द्रागिरि नगरपालिकामा लकडाउन पछि गरिव र हुदा खाने जनताहरू अहिले निकै मारमा परेका छन् ।

चन्द्रागिरि नगरपालिकामा हुँदाखाने जनहरूमा जे देखियाे ।

बाजुरा जिल्ला वाट काठमाडौं राेजगारीका लागि चन्द्रागिरि ५ स्थित विरवहादुर रावल सहित उनकाे परिवार आईपुगे ।उनकाे परिवारमा एक श्रीमती देउमा रावल र दुई छाेराहरू धनवहादुर रावल दिनेश रावल काठमाडौकाे चन्द्रागिरिमा बस्दै आएकाे १० दिन मात्र भयाे । एउटा नजिकैकाे खेतमा आङ्ग ढाक्ने जस्ताेकाे सानाे टहराेमा उनिहरू बस्दै आएका थिए । त्यसै विचमा काेराेना भाईरसका कारण नेपालमा लकडाउन भयाे । उनिहरू संग नत पैशानै थियाे घरमा भएकाे खाद्यान्न पनि लक डाउन भएकाे दुई दिनमै सकिए पछि केही दिन चाउचाउ र छिमेकी सीता साप्काेटाले माया र सदभावले केही खाद्यान्न र ग्यास उपलब्ध गराईदिन । छिमेकी साप्काेटाले गरीबीकाे कारण समस्या उत्पन्न भएकाे जानकारी चन्द्रागिरि चेम्बरका अध्यक्ष राम नारायण घिमिरे समक्ष टेलिफाेनमा दर्शाईन र अध्यक्ष नेतृत्वकाे टाेलीले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे केही समयमै करिव १५ दिनकालाई पुग्ने खाद्य सामाग्री उपलब्ध गराएका हुन् । चन्द्रागिरि चेम्बर अध्यक्ष रामनारायण घिमिरेले गरिव,असाहाय,अनाथ र विपत्तिमा सहयाेग गर्नु मानविय धर्म र मानविय नैतिकता रहेकाे बताए ।

हामी छ दिन देखि भाेकै रहयाै ।

नेपालगञ्ज काेवहलपुर बाट कामको खोजीमा काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं ६ चेकपोस्ट मा डेरा गरि बसिरहेका दुईजना युवती किरण शाही र जानुका शाही लकडाउन भन्दा अगाडि निर्माण मजदुरको रुपमा काम गर्दै आईरहेका थिए ।

भर्खर काठमाडौं आएर काम थालेका उनीहरुलाई दिन कै कमाएर मात्र खानुु पर्ने बाध्यता थियो । कोरोना भाईरसको कारण सरकारले गरेको लकडाउन देखि काम नपाएका उनीहरुले दुई तीन दिन जेनतेन चलाए पनि गएको केही दिन देखि भोकै बस्नु परेको थियो । उनिहरू दुई दिदीबहिनी संग खाना खान खाद्यान्न न त पैसा नै थियाे नत काेठामा अन्ननै नत नजिकै नचिनेकाे छिमेकी संग माग्नु पनि कसरी यी विविध समस्या ।
आफु बसेको वडाले जीवन यापनमा समस्या भए सम्पर्क गर्न जारी गरेको सूचना देखि बेखवर उनीहरु आफ्नै नियति सम्झेर भोकै बस्न तयार भएका थिए ।

यो सूचना पाएर चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सञ्जय सिग्देलले । निकै समस्या र भाकभाकै जीवन जिउन वाध्य दुई दिदीबहिनीकाे सुचना चन्द्रागिरि चेम्बर्सका अध्यक्ष राम नारायण घिमिरे र समाज सेवा गर्दै आएको संस्था सद्भाव नेपालका युवाहरु सहयोगको निमित्त चनपा ६ स्थित डेरामा पुग्दा दैनिकी को लागि चाहिने आवश्यक खाद्यान्न समेत पनि नभएको पाएका थिए ।

साेही क्रममा चेम्बरका अध्यक्ष रामनारायण घिमिरे,उपाध्यक्ष र सद्भाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठले केही साम्रागी खरिद गर्ने सल्लाह गरे । चन्द्रागिरि चेम्बरका अध्यक्ष घिमिरेले खानलाई चामल मात्र नभई पकाएर खाने चुल्हो सम्मको व्यवस्था नभएको पाए पछि र अध्यक्ष द्वय घिमिरे र श्रेष्ठको आर्थिक सहयोगमा बाँच्नको लागि आधारभूत कुराको व्यवस्था गरि दिएको छ । संयुक्त टाेलीले दुई दिदीबहिनीलाई ग्यास चुलाे सेट,सिलिन्डर,भाडाकुडा,चामल,तरकारी,तेल लगायत  बस्तु उपलब्ध गराएकाे थियाे साे सामाग्री वडा अध्यक्ष सञ्जय सिग्देलले ती परिवारलाई हस्तान्तरण गरे । हस्तान्तरण  कार्यक्रममा बाेल्दै अध्यक्ष सिग्देलले सामाजिक विकास सामाजिक सद्भावले नै देशकाे समाजकाे नैतिक परिवर्तन हुने बताउदै सहयाेगी मनहरू प्रति धन्यवाद ज्ञापन गरे ।

कडाउनमा सर्वसाधारण घरबाट बाहिर भित्रै रहेको अवस्थामा पनि चेम्बर्स चन्द्रागिरिका अध्यक्ष घिमिरे र सद्भाव नेपालका अध्यक्षको नेतृत्वमा केही युवाहरु महामारीको चपेटामा परेका हरुको निमित क्रियाशील हुँदै आएका छन् ।

भिडियो साभार

https://www.facebook.com/127919884633065/posts/644205043004544/