लापर्वाहीपुर्वक मासु ढुवानी गर्ने २ जना पक्राउ

  • 127
    Shares

२२ चैत्र काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले लापर्वाहीपुर्वक मासु ढुवानी गर्ने २ जना पक्राउ गरेकाे छ ।

समयमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलिले थानकोट चेकपोष्टबाट २ वटा मोटरसाईकलमा लापर्वाहीपुर्वक मासु ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले
पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल चन्द्रागिरि न.पा-११ सतुंगल बस्ने वर्ष ४० को राजन तामाङ र चन्द्रागिरि न.पा-११ सतुंगल बस्ने वर्ष २१ का हेमन्त अधिकारी छन।

प्रहरीले उक्त लापर्वाहीपुर्वक अस्वस्थ तरिकाले मासु ढुवानी गर्नुका साथै जनस्वास्थ्य माथीकाे ठुलाे खेलवाड गरिरहेकाे भन्दै पहिलो चरणमा निजहरूलाई पशु क्वारेन्टाईन शाखा कार्यालय नागढुंगाको समन्वयमा जनही रू ५ हजारका दरले जरीवाना गरीएको छ।
पशु क्वारेन्टाईन शाखा कार्यालय नागढुंगा अन्तर्गत पशुपञ्छी  ऎन २०५५ अन्तर्गत कारबाही गर्ने व्यस्था ऎनमा उल्लेख गरिएकाे छ ।

प्रकाशित : २०७६, २२ चैत्र शनिबार ११:२९