एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाईने ( भिडियो र निर्णय सहित)

  • 116
    Shares

२२ चैत्र काठमाडौं । नेपालमा काेराेना संक्रमणकाे दाेश्राे चरणकाे अवस्था देखापरेकाे भन्दै लकडाउनमा थप कडाइ गरेको छ।

शनिबार तीन जना व्यक्तिमा एकैचोटी कोरोना संक्रमण देखा परेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको हाे।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने भन्दै एक प्रदेश वाट अर्काे प्रदेश आगमन र एक जिल्लावाट अर्काे जिल्लामा अगमन एक स्थानीय तहवाट अर्काे स्थानीय तहकाे आगमनलाई नियन्त्रण गर्ने र आगमन ठप पादै काेराेना भाईरसकाे जाेखिमलाई नियन्त्रण गर्ने सवै सराेकारवाला निकायले प्रभावकारी रूपमा काम गर्नु पर्ने निर्णय गरेकाे छ ।

सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीकाई सुरक्षा कवज यथाशिघ्र उपलब्ध गराउने पनि निर्णय गरेको छ। साथै स्वास्थ्यकर्मीको काम र सुरक्षामा खलल पुर्याउने कसैलाई पनि कानुन बमोजिम कारवाही गर्ने बताए ।

सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लगायत अन्यलाई प्रोत्साहन गर्न ५० देखि १०० प्रतिशत भत्ताको व्यवस्था गरेको छ।
सरकारकाे निर्णय सहित

अाज बसेकाे मन्त्री परिसदकाे बैठकल काेराेनाकाे संक्रमणकाे जाेखिम र नियन्त्रणमा राेकथामकाे लागि सरकारले थप कदम चालेकाे छ । बाहिर वाट अाएकाे ब्यक्तिमा मात्र काेराेना संक्रमण देखिएकाे र पछिल्लो चरणमा एक ब्यक्तिवाट अर्काे ब्यक्तिमा संक्रमण हुन थालेकाे छ । हालकाे लकडाउनलाई पुर्न पालनाका साथै सवै निकायले अझसशक्त रूपमा काम गर्नु पर्ने छ । एक प्रदेश वाट अर्काे प्रदेश अागमन र एक जिल्लावाट अर्काे जिल्लामा अगमन एक स्थानीय तहवाट अर्काे स्थानीय तहकाे अागमनलाई नियन्त्रण गर्ने र अागमन ठप पारदै काेराेना भाईरसकाे जाेखिमलाई नियन्त्रण गर्ने सवै सराेकारवाला निकायले काम गर्नु पर्ने छ । प्रदेश सरकार स्थानीय सरकारले काम गर्नु पर्ने । दाेश्राे निर्णय अहिले कैलाली कञ्चनपुर र बागलुङमा नया केसहरू देखिएकाे र अरू जनताहरू संक्रमित नहुन भनाका लागि तिनबटा जिल्लामा र्‍यापिट डाईनाेलिस्ट टेस्ट गर्ने जनाएको छ । संङ्खालागेका लाई फेरि पिसिअार प्रविधिवाट समेत जाँच गर्ने छ ।जाे जाे जाेखिममा र संङ्खाकाे घेरामा रहेकाहरूलाई टेस्ट गराउने, मास स्केलमा उक्त जिल्लाहरूमा जाच गरिनेछ । तेस्रो क्रममा स्वास्थ्यकर्मीहरूकाे महत्त्वपूर्ण भुमिका हुने हुदा स्वास्थ्यकर्मीहरूकाे मनाेवल बृदृ गराउनका लागि बिमाकाे व्यवस्थापन देखि स्वास्थ्यकर्मी हरूलाई प्राेत्सान भत्ता दिने निर्णय गरेकाे छ ।थप दुई अाेटा कुराहरू अगाडि वढाईने भएकाे छ ।स्वास्थ उपकरणहरू स्वास्थ सुरक्षाका उपकरणहरू यस्ता सक्दाे उपलब्ध गराउने, निश्चित प्राेटकलका आधारमा प्रयाेग गर्ने र्पुन रूपमा सुरक्षित बनाएर स्वास्थ्यकर्मीहरूलाई उपचारमा लगाउने, स्वास्थ्यकर्मीकाे सुरक्षमा खललल पुर्याउन सक्नेर अाच पुर्याउन सक्ने कुनै पनि व्यक्तलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने । स्थानिय तहले स्वास्थ्यकर्मीकाे सुरक्षा व्यवस्था मिलाउने निर्णय भएकाे छ ।फाैजदारी कसुर तथा सजाय निर्धारण तथा कार्यान्वयन एेनमा भएकाे ब्यवस्था अनुसार सजाय निर्धारण गर्ने समितिमा रविनद्र भट्टराई र कुनसन लामालाई नियुक्त गर्ने निर्णयमा उलेख छ । अपराध पिडित संरक्षण एेन अन्तर्गत पिडित संरक्षण समितिमा रहने गरि डाक्टर शकर कुमार श्रेष्ठलाई नियुक्त गरेकाे छ । लकडाउन लब्याउने र नलब्याउने भने विषयमा निर्णय नभएकाे र मन्त्री परिसदकाे बैठक वसेर त्यसवारे निर्णय गरिने जनाईएकाे छ ।

भिडियाे

प्रकाशित : २०७६, २२ चैत्र शनिबार २१:४५