मन्त्रीको अनुगमनमा पेट्रोलियम मजदूरको प्रतिनिधित्व

  • 38
    Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनमा ग्यास वितरणको अवस्थाको अनुगमन गर्न टेकु पुगेका  पुगेका छन् ।

एलपी ग्यासँ घुम्ती सेवा इकाइमा पुगेर मन्त्री भट्टले ग्यास वितरणको अवस्थाको जानकारी लिए पछि सञ्चारकर्मीहरुलाई खाद्यन्न, ग्यास र कुनै पनि उपभोग्य बस्तुको अभाव नरहेको र सरकारले हुन पनि नदिने बताएका हुन् ।
जनघनत्वलाई हेरेर माग अनुसारको आपूर्तिमा मन्त्रालय सक्रियताका साथ कार्ययोजना बनाएर लागेको पनि मन्त्री भट्टले बताए। ग्यास आयात अत्याधिक मात्रामा आयात भइरहेको पनि उनले बताए।

जनताले आवश्यकताभन्दा बढी सञ्चित गर्ने संस्कृति रहेका कारण पनि बीचमा अलिकति समस्या भए पनि अहिले समस्या नरहेको उनले बताए। मन्त्री भट्टले ग्यास नभएर भन्दा पनि उपभोक्ताको घरमा धेरै स्टक भएको सिलिण्डर निकाल्न आधा ग्याँस भरिएको बताए।
सो अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अहिले ग्यास र पेट्रोलियम पदार्थको कुनै समस्या नरहेको र निगमले उपभोक्ताको हित र आवश्यकतालाई ध्यानमा राखेर सबै प्रकारका ग्याँसहरु उपलव्ध गराइएको बताए।

नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष गोपालचन्द्र राईले अस्पताल तथा बिरामी, अशक्त, अपांग, विद्यार्थी, मजदुर लगायतलाई प्राथमिकतामा राखेर वितरण गरिरहेको र कतिपय ठाउँमा मानिसहरुले ग्यास चाहियो भनेर फोन गर्ने तर त्यस ठाउँमा पुगेपछि फोन नउठाउने गरेर दुखः दिने गरेको बताए।
अनुगमनमा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी लगायत बिक्रेता महासंघका पदाधिकारी, पेट्रोलियम मजदुर संघका केन्द्रीय अध्यक्ष शिव पोख्रेल लगायतका उपस्थित थिए।

२३ चैत २०७६, आइतवार
द्वादशी
बिहानको ०८ : ४९
Apr 05, 2020
प्रकाशित : २०७६, २३ चैत्र आईतवार ०८:५०