वैशाख ३ सम्म लम्बियो लकडाउन, के के भए त सरकारका निर्णय ?

  • 28
    Shares

२४ चैत, काठमाडौं । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।
सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

अर्थ संचार तथा सुचना प्रविधि मन्त्रालय प्रेस संयाेजक यमन पाैडेलले राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै हिउँदे अधिवेशन अन्त्य भएका छन् भने केही समय पछि बजेट अधिवेस अवाहान गरिने जानकारी दिए ।

प्रेस संयाेजक पाैडेलका अनुसार संसदमा रहेका दलहरूसँग मन्त्रिपरिषदको बैठकको निर्णय छलफल गर्ने तथा समन्वय गर्ने जिम्मेवारी कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिबमाया तुम्बाहाङफेलाई जिम्मेवारी दिएको छ।

पाैडेलले भने, “राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

अर्थसहित सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रेस संयाेजक पाैडेलले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मा दिइएको छ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ । प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ सँग समन्वय गर्न भनिएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भने सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने अधिकार पाएकी छन् ।

त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिकहरूको अवस्थाबारे जिम्मा पाएका छन् भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकमाले स्वयंसेवक व्यवस्थापन गर्नेछन् ।

प्रकाशित : २०७६, २४ चैत्र सोमबार २१:०५