प्रधानमन्त्री ओली र युएईका युवराजबिच टेलिफोन संवाद ,नेपाली नागरिक प्रति ढुक्क रहन आग्रह

२४ चैत्र काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अबुधावी,युएईका युवराजसँग टेलिफोन संवाद भएकाे छ ।

साेमवार साँझ अबुधावी,युएईका युवराज र प्रधानमन्त्री ओली बिच टेलिफोन संवाद भएकाे हाे ।

संवादकाे क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा जिज्ञासा राखेका हुन् ।

जिज्ञासामा युएईका युवराजले भन्ने, नेपालीहरु इमान्दार र परिश्रमी रहेकाे बताउदै, उनीहरुले युएईको आर्थिक विकासमा पु-याएको योगदानको प्रशंसा समेत गरे। प्रधानमन्त्री ओलीले नेपाली नागरिक प्रति ढुक्क रहन अाग्रह गर्दै नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग प्रतिबद्धता व्यक्त गरेकाे बताएका छन् ।