भोलि र पर्सि उपत्यका बाहिर जान दिने कुनै पनि निर्णय भएकाे छैन

  • 277
    Shares

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने कुनै पनि निर्णय नभएकाे पाईएकाे छ ।

रक्षा मन्त्रालय स्राेतले यस्ताे बिषयमा कुनै पनि निर्णय नभएकाे पाईएकाे हाे ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।

‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ’, समितिका संयोक पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले बताए ।

चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि ठूलो संख्यामा मानिसहरु पैदल नै गन्तव्य तर्फ लाग्न थालेपछि यो निर्णय लिइएको समाचार बाहिरिएको थियाे ।

‘कुन स्तरमा कसरी यो निर्णय भयो , वालुवाटारलाई कुनै जानकारी गराइएको छैन ’ प्रधानमन्त्री निवास वालुवाटार निकट स्रोतले भन्यो ‘ विशेषत यस्तो निर्णय गर्दा मन्त्रिपरिषद् मार्फत लिइनु पर्ने हो , त्यो पनि भएको छैन । ’

उपत्यका बाहिर गाउँगाउँमा क्वारेन्टाइन स्थापना गरेर बाहिरबाट आएकालाई प्रवेशमा कडाई गरिरहेको समयमा यस्तो निर्णय आए भन्दै सरकार समेत अन्याेलमा परेकाे थियाे ।

प्रकाशित : २०७६, २७ चैत्र बिहीबार १८:०६