लकडाउन बिपरित हिड्नेलाई स्पाेर्टमै १ सय देखि १ हजार जरिवाना

  • 8
    Shares

२८ चैत्र काठमाडौ ।  चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र लकडाउन उलङ्घन गर्नेहरूलाई ठाउँकाे ठाउँ जरिवाना लगाईने भएकाे छ ।

चन्द्रागिरिलाई सुरक्षित काेराेना संक्रमणवाट नागरिहरूलाई सुरक्षित बनाउन नगरपालिकाले साे निर्णय गरेकाे हाे ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले संक्रमण हुने जोखिम न्युनिकरणको लागि घरभित्रै बस्नुको विकल्प नरहेकाे बताउदै जथाभावी अनावश्यक हिडडुल हुन थाले पछि नगरपालिकाकाे अार्थिक एेन २०७६ अन्तर्गत कारबाही गरिने बताए ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले
चन्द्रागिरि नगरपालिकामा केही व्यक्तिहरू अझैपनि अनावश्यक रूपमा हिडडुल गर्ने, भित्रि एरियाहरूमा लुकिछिपि मदिरा तथा चिया पसलहरू खोल्ने गरेको पाईएकोले त्यसको नियन्त्रण गरी लकडाउनको पुर्ण पालना गरी समस्त नगरवासीलाई संक्रमणबाट सुरक्षित बनाउन प्रहरी कडा रूपमा परिचालित भएकाे बताए ।

शुक्रबार विहान वाट सुरू गरिएको कारबाहीमा ५२ जनालाई जरिवाननका साथै दुई घण्टा उभ्याउनुका साथै थानकोट प्रहरीले संक्रमण सम्बन्धि सचेत समेत गराएकाे छ । दुई पटक भन्दा बढि नियम उलङ्घन गरेमा दवल दस्तुर सहित कारबाही हुने नगरपालिका प्रमुख गिरी भनाइ छ ।

प्रकाशित : २०७६, २८ चैत्र शुक्रबार १५:२५