चन्द्रागिरि व्याटमिन्टन कल्वले चन्द्रागिरि नगरपालिकालाई आर्थिक सहयाेग रकम हस्तान्तरण

  • 223
    Shares

३० चैत्र काठमाडौ ।  कोरोना भाइरस काेभिड १९ले विश्व महामारीको को रूपममा फैलिरहेकाे अवस्थामा चन्द्रागिरि व्याटमिन्टन कल्वले चन्द्रागिरि नगरपालिकालाई  आर्थिक सहयाेग रकम हस्तान्तरण गरेकाे छ ।

क्लबका  सल्लाहकार रामनारायण घिमिरे र निवर्तमान अध्यक्ष राजकुमार पाेखरेलकाे संयाेजकत्वमा संस्थाका सदस्यवाट संकलित रकम व्याटमिन्टन क्लबका अध्यक्ष कृष्ण घिमिरेले नगरपालिका मेयर घनश्याम गिरीलाई   आर्थिक सहयाेग रकम हस्तान्तरण गरेका हुन्।

चन्द्रागिरि व्याटमिन्टन क्लबका संरक्षक तथा समाज सेवी देवेन्द्र प्रदानले कल्वका तर्फवाट संकलित १ लाख ३हजार ६ सय ६ रूपयाँ नगरपालिकाे काेषलाई हस्तान्तरण गरिएकाे बताए ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बिश्व महामारीकाे रूपमा फैलिएकाे नाेभल काेराेनाका कारण नेपालमा लकडाउनका साथै विभिन्न समस्या समाधान गर्न र विपत्तिमा परेकाहरूका लागि उक्त रकमहरू आवश्यक स्थानमा पार्दशि रूपमन खर्च गरिने बताए । नगर प्रमुख गिरीले यसरी संघ संस्थावाट सहयाेगले आहतकाे बेलमा राहत हुने उनकाे भनाई छ ।

चन्द्रागिरि नगपालिका प्रबक्ता हरिभक्त महर्जनले स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा सवैले आआफ्नाे स्थानवाट हातेमालाे गर्न पनि अनुराेध गरे ।

चन्द्रागिरि नगरपालिकाले स्थानिय विपद् व्यवस्थापन काेष मार्फत सहयाेग गर्न नेपाल बैंक लिकाे खाता नम्बर १४३००१०६२९३६६५०००००१ मा सहयाेग गर्न चाहानेलाई सहयाेग गर्न पनि अनुराेध गरेकाे छ ।

सहयाेगीकाे नामावली सहित

प्रकाशित : २०७६, ३० चैत्र आईतवार १५:५२