र्‍यापिड टेस्टबाट काभ्रेमा भेटिए कोरोनाका दुई संक्रमित

२ बैशाख काभ्रे : र्‍यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई युवामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ।

बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा टेस्ट गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको स्राेतले बतायाे ।

उनीहरुको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। बेथाञ्चोकका युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका ब्यक्ति हुन् ।