काभ्रेका दुई युवाकाे थ्रोट स्वाब परीक्षण नेगेटिभ

३ वैशाख, काठमाडौं । काभ्रेमा मंगलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएका दुई युवकमा कोरोना संक्रमण नभएको पुष्टी भएकाे छ ।

बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हाे ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका वासिन्दा दुई युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो ।

थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको पछि रिपोर्ट नेगेटिभ आएकाे जनाएको छ ।

प्रकाशित : २०७७, ३ बैशाख बुधबार १९:११