र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका युवालाई बोक्न एम्बुलेन्स मानेन, वडाध्यक्षले मोटरसाइकलमा पुर्‍याए

  • 16
    Shares

३ बैशाख धादिङ । र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले नमाने पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्याएका छन् ।

धादिङकाे ज्वालामुखी गाउँपालिका- ३ का २७ वर्षीय युवामार्‍यापिड टेस्ट गर्दा पोजिटि देखिएपछि युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले नमाने पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्‍ र्याएका छन् ।

उनलाई थप परीक्षणका लागि जिल्ला सदरमुकाम धादिङ वेशी स्थित आइसोलेसन वार्ड पुर्‍याउनुपर्ने एम्बुलेन्स तयार नभए पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्याएका हुन् ।

बिरामी बोक्न ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा संस्थागत गरी ४ वटा एम्बुलेन्स भए पनि कुनै तयार नभएकाे स्थानीयकाे गुनासो छ ।

ज्वालामुखी गाउँपालिका वडा नं ३ का अध्यक्ष रुद्रमान श्रेष्ठले
जिल्लाका अरु एम्बुलेन्सलाई पनि खबर गरेको तर कुनै एम्बुलेन्स नअाएकाे बताए ।

बिरामी लिन पटक पटक सम्पर्क गर्दा पनि विभिन्न बहाना गर्दै पञ्छने काम भयाे यस्ताे अवस्थामामा पनि एम्बुलेन्स नहाउदा आफैले माेटरसाईकलमा पुर्याउदा याे जस्तो गैह जिम्मेवारी पन के हुन सक्छ अध्यक्ष श्रेष्ठकाे भनाई छ ।

जिल्लामा उक्त युवाकाे पीसीआर परीक्षण विधिबाट परिक्षा गरिनेछ र उनको स्वाब पीसीआर परीक्षणका हेटौंडा पठाउने तयारी भईरहेकाे जिल्ला अस्पताल धादिङका व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमलाले बताए।

पूरै वडा सिल गरिँदै

ज्वालामुखी गाउँपालिकाले वडा नं ३ लाई पूरै सिल गर्न माइकिङ गर्दै सूचना जारी गरेको छ। आजैबाट वडा सिल गर्न लागिएको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले बताए।

‘आशंका गरिएका युवाको अन्तिम रिपोर्ट कुरेका छौं, उक्त रिपोर्ट पनि पोजिटिभ आए निजको परिवारजन र सम्पर्कमा आएका सबैलाई निगरानीमा राख्नेछौं,’ प्रजिअ अस्मान तामाङले भने।

पोजिटिभ नतिजा आएका युवाले आफू दक्षिण कोरियाबाट फागुन २० मा काठमाडौं आएलगत्तै साथीहरुसँग हेटौंडा पुगेर सेल्फ क्वारेन्टाइनमा बसेको बताए।

प्रकाशित : २०७७, ३ बैशाख बुधबार २२:०९