बुढानिलकण्ठ नगरपालिकामा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (RDT ) पोजिटिभ देखियो

४ बैशाख काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले गरेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा एकजना व्यक्तिमा संक्रमण पोजिटिभ देखिएको छ ।

वैशाख ३ गते बुधवार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चैत्र ३-४ गते इटाली हुँदै नेपाल आएकी एक युवतीमा बैशाख ३ गते वडा ८ मा गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा नतिजा पोजिटिभ देखिएको थियो ।

बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले पनि पुष्टि गरे ।’र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठायौं,’ मेयर खरेलले भने।

ति युवतीलाई थप परिक्षण पिसिआरको लागी टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिए पछी बताउन सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल जानकारी दिएका छन।

संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ -९ बस्ने उनि इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ ।

महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।
उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए।त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ। बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्‍यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल बताए ।

प्रकाशित : २०७७, ४ बैशाख बिहीबार १३:११