औषधी किन्न गएकाहरू माथी प्रहरीले बर्सायाे लाठी (भिडियाे सहित)

  • 455
    Shares

४ वैशाख, काठमाडाैँ । प्रहरीको अर्को ज्यादती बाहिर आएको छ ।

स्रोतका अनुसार नगर प्रहरी वाट प्रहरी  निरिक्षककाे  टाेलीकाे निर्घात कुटपटिवाट औषधी किन्न आएकाहरू घाइते भएका हुन् ।

लकडाउन बेला नेपाल प्रहरीबाट नागरिकमाथि भइरहेका ज्यादतीका घटना दिनदिनै बाहिर आएका छन्।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले अमानवीय तरिकाले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उक्त भिडिओ हेल्थपाटी डटकमका पत्रकार जगन्नाथ ढकालले खिचेका हुन्। उनले ती मानिसले मेडिकलबाट औषधि किनेको आफूले नै देखेको बताए।

प्रत्यक्षदर्शी समेत रहेका पत्रकार ढकालले भनेका छन ‘म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलंकीमा जे देखेँ त्यो अति नै निकृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफत गर्छाै भनी धम्की पनि दिए ।’

 

प्रहरीले ती तीन जनालाई घेरा हालेर कहाँ हिँडेको भनेर सोध्यो। उनीहरूले ‘हामी औषधि किनेर आएका हौं, तपाईंलाई चाहिन्छ भने बिल पनि छ’ भन्ने जवाफ दिए,’ घटनाका प्रत्यक्षदर्शी ढकालले सिन्युजलाई भने, ‘त्यही बेला निकै रूखो बोलेर एक जना प्रहरीले उनीहरूलाई लाठीले घोचे।’

औषधि किनेको भन्दाभन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई ‘तपाईंहरूले यस्तो गर्न पाउनु हुन्न’ भनेका थिए।

‘उनीहरूले विरोध गरेपछि झन् सबै प्रहरी मिलेर लाठी हान्न थाले। म गाडीबाट निस्केर नजिकै गएँ, उहाँहरू औषधि किनेर आउनुभएको भन्दा उल्टै प्रहरीले मलाई थर्काए,’ ढकालले भने।

प्रहरीले क्यामरा बन्द गर्नुस् भनेकाले आफूले पछिको भिडिओ खिच्न नपाएको उनको भनाइ छ।

‘प्रहरीले क्यामरा बन्द गर्नुस् भनेपछि म गाडीमा आएँ। त्यति बेलासम्म तिनै जनालाई प्रहरीले पक्रेको थियो,’ उनले भने।

औषधि किनेर फर्किएका नागरिकलाई लाठी बर्साउने इन्स्पेक्टरसहितको उक्त टोली महानगरीय नगर प्रहरीबाट खटिएको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले उक्त घटनाबारे आफूले भर्खरै जानकारी पाएको र थप अनुसन्धान गरिरहेको बताए। ‘उपत्यकाका सबै प्रहरीलाई संयमित हुन निर्देशन दिएको छु,’ पोखरेलले भने।

नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं, हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा कुटपिट भएको छ । भिडियो र तस्बीर साैजन्यः जगन्नाथ ढकाल हेल्थपाटी डटकम

भिडियो सहित

प्रकाशित : २०७७, ४ बैशाख बिहीबार २२:३५