कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ(भिडियो सहित)

जनता माथी जनप्रतिनिधिहरूकाे खेलवाड

९ वैशाख, काठमाडौं । राहत लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् ।

बाराका एसपी कृष्ण पंगेनीको अनुसार राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल चामल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले बताए ।

मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।

एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा चैत २९ शिलबन्दी गरेको थियाे । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन् । उनी राधेचन्द्र यादवका छोरा हुन् ।

प्रहरीले मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ ।

कलैया उपमहानगरपालका वडा न. १३ का वर्डा अध्यक्ष राजन केशरी, वडा न. ११ का सर्व नारायण चाैधरी, वडा न. २३ का महेश साहलाई साेमबार पक्राउ गरेकाे थियाे भने वडा न. १ का हरओम साेनार र वडा न.७ का वडा अध्यक्ष सर्फुलाह अन्सारिलाई ७ गते नै पक्राउ गरिएकाे थियाे ।

त्यस्तै यसअघि कलैया-२० का वडा सचिव खेदु मियाँसँगै कलैया-७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।

गरिब, असहाय र श्रमिक वर्गलाई लकडाउनमा राहतको नाममा कुहिएको दाल बाँडेको आरोपमा अनुसन्धान गर्न सबैलाई हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ ।

https://m.facebook.com/story.php?story_fbid=3073504832708917&id=2005768422815902

प्रकाशित : २०७७, ९ बैशाख मंगलवार १५:१५