नागार्जुन नगरपालिकाले स्वास्थ्य केन्द्रलाई सामाग्री वितरण

  • 60
    Shares

बैशाख ९ काठमाडौं । नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका रोग नियन्त्रण एवम रोकथामका लागि नागार्जुन नगरपालिकाले आफनो मतहतका स्वास्थ्थ संस्थाहरुलाई आवश्यक पिपिई मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

 कार्यक्रममा महानगरीय  प्रहरी प्रभाग स्वायम्भू लाई आवश्यक प्रहरी स्वयम सेवक ज्याकेट वितरण गरेको हो ।

नागार्जुन नगरपालिका वडा नं ६ स्थिती रत्नराज्य माध्यमिक विद्यालयको प्रागङम उक्त सामाग्री वितरण कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशीला अधिकारी वडा नं ६का अध्यक्ष राजेन्द्र बुढाथोकी , वडा न. ७ का अध्यक्ष रमेश गौतमको सहभागि भएका थिए । साथै बागमती प्रदेशका संसद माननीय केशव प्रसाद पोखरेलले पनि केही पिपिई स्वास्थ्थकर्मीलाई उपलब्ध गराएका थिए ।

कोरोना विरुद्धको लडाइमा अग्रपक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी एवम सुरक्षाकर्मीलाई प्रोत्साहान स्वरुप सामाग्री हस्तान्तरण गरेको र सानो सहयोग भएतापनि यसले उच्चमनोवल प्रदान गर्ने, आवश्यक परेको खण्डमा थप वागमती प्रदेशले उपलब्ध गराउने माननीय केशव प्रसाद पोखरेलले बताए ।

सांसद पाेखरेलले करीव १ लाख नागरिकहरु बसोवास रहेको नगरपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि यसक्षेत्रका नागरिकलाई सुरक्षीत तवरले के कस्ता कुरामा ध्यानदिनुपर्ने छ, सो विषयमा हामी गम्भीर रहेकाे र  नगरले सबै वडाहरुमा दैनिक जसो छलफल गरी  रहेको र स्थानीय स्तरका सर्वपक्षिक व्यक्तिहरु संग सहकार्य गरीरहेको बताए ।

नगरकाे कार्यलाई प्रभावकारी बनएको, कोराना वा विपद व्यवस्थापनमा हामी बढी जागरुप भएको जानकारी मेयर माेहन बस्नेतले बताए ।
स्वास्थ्य प्रतिको जनचेतना बजार अनुगमन तथा कोराना प्रभावितहरुको लाई राहत एवम कृषि क्षेत्रको उत्पादनले बजार नपाउदा लाखौ नोक्सानी भइरेको अवस्था के कती क्षेती भएको छ । सोको लगत संकलनको लागि १०वटा वडामा निर्देशनदिइ सकेको र चाडैनै उक्त कार्य सम्पन्न आर्थिक राहत प्याक घोषण गर्ने तयारी हाम्रो नगरले गरको उपमेयर अधिकारीले बताइन ।
यस अधि नागार्जुन नगरपालिकाले सबै वडामा श्रमजीवि विपन्न मजदू वर्गको लागि राहत वितरण समेत गरिसकेको थियो । नगरपािलकाको सहकार्यमा मनोज भारतीले नगरभित्रका स्वास्थ्थ संस्थाहरुलाई वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीको विशेष पहलमा सामाग्री उपलब्ध गराएका हुन ।

प्रकाशित : २०७७, ९ बैशाख मंगलवार २३:४४