उदयपुरमा फेरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि

  • 32
    Shares

१० वैशाख, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्यहरूलाई कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।

मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना -११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

प्रकाशित : २०७७, १० बैशाख बुधबार १८:५५