नेपालमै पहिलाे डिस्इन्फेक्सन स्प्रेईङ टनेल’ नागढुङ्गामा सुरूवात(फोटो फिचर)

१९ वैशाख, काठमाडौं । राजधानीकाे मुख्य नाका चन्द्रागिरि २ स्थित नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरेकाे स्विच ठिचेर उद्घाटन गरेका हुन् ।

उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ ।

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको बताए ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गाेपी सुर्खेतीले तीन महिनाकाे लागि टनेलका लागि अावश्यक केमिकल (साेडियम हाईड्राेक्लाेराईड) पानी अावश्यक जनशक्ति, बिद्धुत सडक लाईटकाे व्यवस्थापन भईसकेकाे बताए ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रबक्ता हरिभक्त महर्जनले काेराेना भाईरस पुर्ण रूपमा नियन्त्रण नभएसम्म डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा रहने र केही दिनमा साना गाडी र माेटरसाईकलका लागि छुट्टाछुट्टै टनेल निर्माणकार्यका लागि अावश्यक प्रकृया भईसेकाे बताए ।

टनेल निर्माण काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो
भने चन्द्रागिरि नगरपालिकाले स्थान,पानीकाे ब्यवस्थापन सुरक्षाकाे प्रर्बधन गरिएकाेल मेयर घनश्याम गिरीले बताए ।

यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ ।टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्ने छ ।

टनेल निर्माण पश्चात् राजधानी भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने छन् ।

नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका भष बहादुर अध्यक्ष थापाले बताए ।

(फोटो फिचर)

प्रकाशित : २०७७, १९ बैशाख शुक्रबार १३:४६