माधव न्यौपानेको लकडाउनको डोरी सार्वजनिक

लोक तथा आधुनिक गीत सर्जक माधव न्यौपानेले ‘लकडाउनको डोरी’ नामक गीत सार्वजनिक गरेका छन् । गीत खुमन अधिकारी र प्रीति आलेको स्वरमा छ । गीतमा घरबाट बाहिर ननिस्कन र लकडाउनको पालना गर्न अपिल गरिएको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको बेलामा विभिन्न देशमा लकडाउन भइरहेको छ। लकडाउनलाई लक्षित गर्दै आफूले सन्देशमूलक गीत बजारमा ल्याएको सर्जक न्यौपानेले बताए ।

‘म समयअनुसारका गीतहरू बनाउन रुचाउँछु, पछिल्लो समय कोरोना भाइरसविरुद्ध लड्न  विश्व नै लकडाउन गरिएको छ, यसै विषयलाई समेटेर गीत बनाएको हुँ’ उनले भने ‘श्रोता दर्शकले मनोरञ्जनसँगै चेतना र सन्देश पनि लिउँन भन्ने मेरो चाहना छ ।’ सर्जक न्यौपानेको आफ्नै शब्द रहेको सो गीतको सङ्गीत गायक खुमन अधिकारीले भरेका हुन् ।

गीतमा  राजेश हमाल, कोमल वलीलगायत चर्चित कलाकारको अभिनय रहेको छ। गीत एमएम इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सो गीतमा जसले राम्रो अभिनयको गरी टिकट बनाउँछ, उसलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । यसअघि सर्जक न्यौपानेका दर्जनभन्दा बढी गीत बजारमा आइसकेको छ ।

प्रकाशित : २०७७, २० बैशाख शनिबार १६:२८