घरघरमा स्वास्थ्यकर्मी सहित वडा अध्यक्ष

  • 12
    Shares

२३ बैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित घरदैलाे स्वास्थ्य जाचबुझ कार्यक्रम सम्पन्न भएकाे छ ।

मेराे टाेल मै सुरक्षित राख्छु,एक टाेल एक स्वयंसेवक,काेराेना बाट सुरक्षित टाेल अभियान भने मुख्य उदेश्यका साथ एक हप्ते स्वास्थ्य जाचबुझ कार्यक्रम सम्पन्न भएकाे हाे ।

अभियानका अभियनता तथा चन्द्रागिरि ६ का वडा अध्यक्ष संजय सिग्देलले आफ्नाे नगर वडालाई स्वस्थ सुरक्षित बनाउने अभियानमा लागिरहेकाे बताए ।

उनले आम नागरिक लाई सामान खरिद गर्दा अनिवार्य रूपमा सामाजिक दुरि कायम गर्दै अनावश्यक हिडडुल निषेध गर्न आव्हान समेत गर्दै आईरहेका छन् ।

वडा अध्यक्ष सिग्देल सहित ६ नम्बर वडा भित्र का सम्पूर्ण घर घरमा गई वडा वासिहरूकाे स्वास्थ्य अबस्थाकाे वारेमा जानकारी लिने कार्य समपन्न भएकाे वडा अध्यक्ष सिग्देलकाे भनाइ छ ।

वडा कार्यालयकाे पहलमा महादेवस्थान स्वास्थ्य चाैकि, स्वास्थ स्वयंसेविका, युवा स्वयंसेवक विषेश सहयाेगमा अभियान संचालन भएकाे थियाे ।

प्रकाशित : २०७७, २३ बैशाख मंगलवार १९:१९