थानकोट जेसिज द्वारा रक्तदान

  • 91
    Shares

२४ बैशाख काठमाडौं  मानवताकाे सेवा नै जीवनकाे सर्वाेत्तम कार्य हाे भने मुल उदेश्यका थानकोट जेसिजले रक्तदान कार्यक्रम समपन्न गरेको छ ।

बिश्व भरी महामारी का रुपमा रहेको कोरोना भाइरसको कारण भएको देशब्यापी लकडाउन ले गर्दा रक्तदान कार्यक्रमहरु नभएकोले बजारमा रगतको अभाव भइरहेको बेलामा थानकोट जेसिजले रक्तदान कार्यक्रम को आयोजना गरेको हो ।

चन्द्रागिरी ४ मा रहेकोे थानकोट प्राथमिक अस्पताल को प्राङ्गणमा भएको उक्त कार्यक्रम मा बन्दाबन्दी का बीचमा पनि करीब ४१ जनाले रक्तदान गरेका थानकोट जेसिजका अध्यक्ष मनाेज श्रेष्ठले बताए ।

जेसिज ले तालिम का माध्यम बाट नेतृत्व र ब्याक्तीत्व बिकास का अलावा आबश्यक्ता अनुसार विभिन्न किसिमका जनजिबिको सग सरोकार राख्ने सामाजिक कामहरू गर्दै आईरहेको छ ।

प्रकाशित : २०७७, २४ बैशाख बुधबार २१:४२