दानी र खड्काले गरे दहचाेकमा सञ्चालित निशुल्क भाेजनमा सहयोग

  • 1.2K
    Shares

२६ बैशाख काठमाडौं । युवा व्यवसायी धर्मराज दानी र सुरेन्द्र खड्काले दहचाेक युवा समूह र चन्द्रागिरि नगरपालिका वडा नम्बर १ ले सञ्चालन गरेकाे सामुहिक भाेजन कार्यक्रमलाई खाद्यान्न सहयोग प्रदान गरेका छन् ।

दानी र खड्काले लामाे समय देखि काेराेना भाईरसले अाक्रान्त बनिरहेकाे समयमा दैनिक ज्याला मजदुरी र काेठा भाडा गरि बस्नेहरूलाई भाेजन गराई रहेकाे स्थानमा उनिहरूले खाद्य सामाग्री वडा अध्यक्ष राजेन्द्र केसी र दहचाेक युवा समुहका अध्यक्ष किरण गिरीलाई हस्तान्तरण गरेका हुन् ।

चन्द्रागिरि वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले लकडाउनले अाफ्नाे वडाका बासिन्दा काेहि भाेकै नहुन भनेर दैनिक १५० जनालाई बैशाख २२ गते देखि निशुल्क भाेजन गराउने व्यवस्था भईरहेकाे बताए ।

बिगत लामाे समय देखि कृषि क्षेत्रमा लागेका र चन्द्रागिरि दाना उद्योगका सञ्चालक समेत रहेका दानीले दहचाेककाे श्रीकृष्ण माध्यमिक बिधालयमा सञ्चालित निशुल्क भाेजन कार्यक्रममा ५ बाेरा चामल,१ बाेरा दाल ,१ बाकस तेल, मस्याेरा, २०० थान मास्क प्रदान गरिएको बताए ।

दानीले बिगतका दिनहरूमा पनि सामाजिक विकास,बिपत्ति लगायत दैवीप्रकोपमा समेत आफु र आफ्नाे संस्थाले क्रियाशील रहदै सहयाेग गर्दै एका छन् ।

धर्मले स्थानिय तहमा आफैले मन्दिर,खानेपानी,बाटाे निर्माण लगायत सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।

केही हप्ता अघि मात्र चन्द्रागिरि दाना उद्योगले देव दर्शन मिडिया ग्रुपलाई आफ्नाे उद्योगकाे तर्फबाट, ३० केजीको ९ बाेरा चामल,२५ केजी मुसुराेकाे दाल,अण्डा ४ बाक्सा,नुन ३० केजी,तेल १ बाक्सा,२० केजी चिउरा एक बाेरा प्रदान गरेकाे थियाे ।

उद्योगले लकडाउनकाे समयमा काेहि व्यवसायीहरूलाई दाना आवश्यक परेममा घरघरमा दाना पुर्याउने ब्यवस्था गरिएकाे सञ्चालक बताए । उक्त दाना उद्योगवाट लेर्यस जातका कुखुरा र गाईबस्तुलाई आवश्यक पर्ने दाना निरन्तर उत्पादन भईरहेकाे उद्योगले जनाएको छ ।

दाना उद्योगले आवश्यक दाना आबश्यककाे लागि सञ्चालक मनहरी बलामी ९८५११५८६७१ र ९८५१०३७४१३ मा सम्पर्क समेत गर्न अनुराेध गरेकाे छ ।

प्रकाशित : २०७७, २६ बैशाख शुक्रबार १४:०७