भुइँचालोको धक्का महशुस

१ जेठ काठमाडौँ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको  हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।

प्रकाशित : २०७७, ३१ बैशाख बुधबार ००:२२