तीन दिनअघि महेन्द्रनगरबाट नागढुङ्गा हुँदै आएकी थिइन् चन्द्रागिरिकी कोरोना संक्रमित

३१ बैशाख काठमाडौं । मंगलबार काठमाडौं चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट नागढुङगा नाका हुदै काठमाडौं आएको पुष्टि भएको छ।

आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो।

३३ वर्षीया ती महिला प्राइभेट गाडीमा आएको बुझिएको छ।

चन्द्रागिरिमा काेराेना पाेजेटिभ देखिसकेपछि थप सुरक्षा कडा परिएकाे चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले बताए । सवैलाई संमेमित र सुरक्षित रहन नगरपालिकाले आग्रह गरिऐकाे नगर प्रमुख गिरीकाे भनाई छ ।

उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

‘उनको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ उनले भने।

यसअघि भक्तपुरमा भेटिएका दुईमध्ये एक जना महिला सुनसरीबाट तीन दिन अघि काठमाडौं आएको खुलेको थियो।

हिजैमात्रै एकैचोटि ८३ जनामा कोरोना देखिएको थियो। तीमध्ये उपत्यकाका तीन जनामा कोरोना पुष्टि भएको हो।

प्रकाशित : २०७७, ३१ बैशाख बुधबार १५:२६