चन्द्रागिरि सतुङ्गलका ७ वर्षीय बालकसहित ९ जनामा देखियो कोरोना चन्द्रागिरिमा संक्रमित ५ पुग्याे

  • 50
    Shares

२ जेठ काठमाडौं ।शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयले सुचना जारि गर्दै ९ जना संक्रमित थपिएको पुष्टि गरेको हो।

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्।

शुक्रबार बिहान मात्रै ९ जना संक्रमित थपिएका थिए। योसँगै एकैदिन १८ जना संक्रमित भेटिएका हुन्। जसमा बाँकेका ८ र मकवानपुरका एकजना हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

चन्द्रागिरिमा संक्रमितकाे संख्या ५ पुगेकाे छ भने नगरपालिकाले ३ दिन नगर पुन रूपमा सिल गर्ने निर्णय गरिसकेकाे छ ।

प्रकाशित : २०७७, २ जेष्ठ शुक्रबार २२:१४