नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा एकै दिन ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटा भने ‘आज बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरी कुल ४७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उहाँहरूको भेरी अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।’

त्यसैगरी, मोरङका १ जना पुरुष र गुल्मीका १ पुरुष, धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना गरी थप ६ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए । बिहान स्वास्थ्य मन्त्रालयले ९ जनामा संक्रमण पुष्टि गरेको थियो ।

प्रकाशित : २०७७, ५ जेष्ठ सोमबार १६:४८