दुई डिआईजीका साथ नागढुङ्गा पुगे मेट्राे प्रमुख पाेखरेल

  • 217
    Shares

१० जेठ काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रमुख डीआईजी विश्व राज पाेखरेलले उपत्यकालाई काेराेना भाईरसबाट थप सुरक्षित बनाउन प्रहरीले युद्ध स्तरमा लाग्न निर्देशन दिएका छन् ।

जनताकाे विश्वास जनताकाे भराेसा कायम राख्न प्रहरीले सरकारकाे निर्देशन अक्षेराम्स पालना गर्ने अाफुमातहतका प्रहरीहरूलाई डीआईजी पाेखरेलले निर्देशन दिएका हुन् ।

दुई राष्ट्रिय अनुसन्धानका डीअाईजी सुमन वैद्य र सशस्त्र प्रहरी बल उपत्यका प्रमुख डीआईजी चन्द्र प्रकाश गाैतम , साथमा लिएर नागढुङ्गा निरिक्षणमा पुगेका पाैखरेलले नाकाहरू कडा भन्दा कडा रूपमा चेक जाँच गरिनु पर्ने,संकास्पद व्यक्तिहरूकाे निगरानी गर्नु पर्ने, नकली बिरामी,नक्कली प्रेसकाे दुरुपयोग वढिरहेकाे अवस्थामा त्यस्लाई मनाेटाेरिङ गर्नु पर्ने लगायतका सुस्म अध्ययन जरूरी रहेकाे उनको भनाई छ ।

डिआईजी पाेखरेलले भने,” हामी राजधानीलाई स्वच्छ ,स्वस्थ र काेराेना भाईरस विरूद्द प्रहरीहरूलाई सकृयका साथ उच्च मनाेवलका साथ काम गर्न निर्देशन दिएका छाै साेहि अनुरूप काम गराई पाए पश्चात् हामी सवै कमि कमजाेरी केलाउदै राज्यकाे नीति निर्देशन पालना गराउन हामीले भनी सकेका छाैं ।”
निरिक्षणकाे क्रममा नाका कडा गरिएकाे ,अपडेड राम्रो राखेकाे गृह मन्त्रालयकाे निर्देशन बमाेजिम कसैलाई पनि साैलियत नदिएकाे पाईएकाे उनले बताए ।

त्यसै गरि उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका बिहिवार देखि पूर्णरुपमा बन्द गरिएका छन्।

वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो।काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको प्रहरी बताएको छ ।

गृह मन्त्रालयले जेठ १ गते बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर जेठ २ गते शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको थियाे । साेही अनुसार उपत्यका प्रवेश गर्ने अन्य नाकाहरूमा पनि कडा गर्न थालेको डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

प्रकाशित : २०७७, १० जेष्ठ शनिबार ०१:४७