नेकपा काठमाडौं जिल्ला अध्यक्षमा कृष्ण राइ र सचिबमा हिमाल शर्मा

  • 10
    Shares

काठमाडौं / ९ बैशाख 

नेपाल कम्युनिस्ट पार्टी नेकपाककाे काठमाडौं जिल्ला अध्यक्षमा कृष्ण राई र सचिवमा हिमाल शर्मालाई चयन गरेकाे छ ।

अाईतवार वसेकाे नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाए संगै काठमाडौं जिल्ला अध्यक्षमा कृष्ण राई र सचिवमा हिमाल शर्मा चयन गरिएकाे उच्च स्राेतले वतायाे ।

वैठक पछि पत्रकारहरु संग कुरा गदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको नामावली साेमवार पत्रकार सम्मेलन गरि जानकारी दिईने वताएका थिए । साेहि अनुसार ७१ औं पार्टी स्थापना दिवसको अवसरमा आज प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुने छ ।

विशेषगरी पूर्व एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको थियो।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी प्रस्ताव राखेपछि सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको थियाे ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा टुंगो लगाएको नाममा सचिवालयका सदस्यहरुले सहमति जनाएका थिए।

टुंगिएको भागवण्डाअनुसार ४२ जिल्लामा पूर्वएमाले र ३५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिने विषयमा यसअघि नै सहमति भइसकेको थियो।
स्रोतकाअनुसार भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ।

स्थायी समिति बैठकबाट गठित सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वको कार्यदलले काम गर्न नसकेपछि भंग गरेर एकताको टुंगो सचिवालयले नै लगाउने निर्णय भएको थियो ।

सोही अनुरुप एक साताअघि चन्द्रागिरिमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेलसहित बसेको आवासीय बैठकले जिल्ला कमिटीको नेतृत्वको खाका तयार गरेको थियो ।
लामो समयदेखि सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा जिल्लाको नेतृत्वको टुंगो लगाएको बताए। अब केही दिनभित्रै पोलिटब्युरोको गठन गरी केन्द्रीय सदस्यको कार्यविभाजन हुने भएको छ।

प्रकाशित : २०७६, ९ बैशाख सोमबार ११:१८