लकडाउन जेठ ३२ सम्म थप

  • 7
    Shares

१८ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्मका लागि निरन्तरता दिएकाे छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको समय अवधि बढाएर ३२ जेठ सम्म पुर्‍याएकाे हाे ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै भने साे निर्णयमा गर्नु परेकाे बताए ।

उनले लकडाउनकाे मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको जानकारी गराए । मन्त्री खतिवडाले भने, जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’

मन्त्री परिषद्काे बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २०७७, १८ जेष्ठ आईतवार ०६:३१