सेना परिचालन हुन्छ सरकारका प्रवक्ता खतिवडा

  • 18
    Shares

१८ जेठ काठमाडौं ।काेराेना भाईरसकाे युद्धमा जित हासिल गर्न सरकारले सवै तवरबाट नयाँ कार्ययाेजना सहित लाग्ने भएकाे छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको सरकारका प्रबक्ता खतिवडाले बताए ।

मन्त्री खतिवडाले भने,कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय भएकाे छ साे अनुसार कार्यान्वयन हुुन्छ ।”

प्रकाशित : २०७७, १८ जेष्ठ आईतवार ०६:४२