स्वास्थकर्मी को सुरक्षा मा गम्भीर हुन गृहमन्त्रालय को निर्देशन

  • 10
    Shares

काठमाडौंमा । गृह मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले बुधबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको गृह मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारी ले बताए ।

देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको समाचार सार्वजनिक भएपछि गृहले यस्तो निर्देशन दिएको हो।

‘कोभिड-१९ रोकथाममा खटिएका स्वास्थ्यकर्मी र राष्ट्रसेवकको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन कार्यस्थलको उचित सुरक्षा मिलाउन तथा अभद्र र अवाञ्छित काम गर्नेलाई तत्काल नियन्त्रणमा लिन र कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ,’ गृह सह-प्रवक्ता अधिकारीले भने,’डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया सुरू भएको छ।’

रौतहटमा पनि स्वास्थ्यकर्मीमाथि कुटपिट भएको सूचना आएको र त्यसमा संलग्नको खोजी भइरहेको उनले बताए। यस्ता घटना दोहोरीदै जादा स्वास्थकर्मी को मनोबल घट्नगई सेवा प्रबाह मा समेत असर पर्ने भएको ले यस तर्फ सचेत रहन गृहले निर्देशन जारी गरेको हो ।

प्रकाशित : २०७७, २२ जेष्ठ बिहीबार ०९:२६