कोरोना सङ्क्रमित २७८ थपिए,सङ्क्रमित संख्या २९१२ पुग्यो

  • 7
    Shares

काठमाडौं । विश्वव्यापी कोरोना महामारी तिब्र रुपमा फैलिएको छ । हाल सम्म विश्वमा कोरोना भाइसरबाट ६७ लाख २० हजार ३ सय बढि जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये ३ लाख ९३ हजार ५ सय बढिले ज्यान गुमाएका छन । त्यस्तै ३२ लाख ६३ हजार ९ सय बढि उपचार पश्चात घर फर्किएका छन ।

नेपालमा पनि एक महिना यता कोरोना संक्रमितको संख्या बढदै गइरहेको छ । शुक्रबार साँझ चार बजे सम्मको अपडेट अनुसार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज २६७ जना पुरुष र ११ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । याे सँगै संक्रमितकाे संख्या २९ सय १२ पुगेकाे छ । त्यस्तै आज ४३ उपचार पश्चात जना डिस्चार्ज भएका छन । याे सँगै डिस्चार्ज हुनेकाे पुरूषकाे संख्या २७२ र महिला ६१ जना गरि कुल ३ सय ३३ जना डिस्चार्ज भएका छन । हाल सम्म कुल संक्रमित मध्ये ११ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन ।

प्रकाशित : २०७७, २३ जेष्ठ शुक्रबार १६:४१