बालुवाटारमा सर्बसाधारण को प्रदर्शन,प्रहरी द्वारा पानीको फोहोरा

  • 2
    Shares

२७ जेठ काठमाडौं । नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको छ।

मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले नाराबाजी समेत गरेको र प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले नियन्त्रणमा लिन खोजेको महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए।

‘उहाँहरूले प्रतिबन्धित क्षेत्रमा नाराबाजी समेत गरेका थिए,’उनले भने,’त्यसपछि पानीको फोहोराले हानिएको हो।’

उनका अनुसार केहीलाई पक्राउ गरिएको छ। उनीहरूले आरडिटी बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेट लगायतका विरूद्ध विरोध प्रदर्शन गरेका हुन्।

प्रकाशित : २०७७, २७ जेष्ठ मंगलवार १४:०३