कुवेतबाट फर्किएका चेलीलाई होल्डिङ सेन्टरमा भोजन 

कुवेतबाट फर्किएका नेपाली चेलीलाई समाजसेवी बुद्ध मैत्रीयले निःशुल्क भोजन गराएको छ ।

कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएका उनीहरूलाई होल्डिङ सेन्टरमा खाना खुवाइएको हो ।

चण्डोलको कुण्डलिनी दरबार बैंकेटमा समाजसेवी, बुद्ध मैत्रीले खाना खुवाएका हुन् । होल्डिङ सेन्टरमा ३ देखि ४ घण्टा राखेर परीक्षण र स्वास्थ्य परामर्श दिएर घर फर्काइँदै आइएको छ । उनीहरूलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होर्डिङ सेन्टरमा लगिने छ ।

होर्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । भोजन खुवाउने कार्यक्रममा स्थानीय त्रिशक्ति युवा क्लबले समेत सहयोग गरेको थियो । नेकपाका स्थानीय नेता वीरेन्द्र प्रजापतिले समेत सहयोग गरेका छन् । उनले भने ‘लकडाउनबाट पीडित भएका तथा विदेशबाट आउनेहरूलाई समेत हामीले सक्दो सहयोग गरिरहेका छौँ ।’

दाङ घर भएकी सीता राना ठाकुर पाँच वर्षपछि नेपाल आएपछि पहिलोपटक नेपालमा खाना खान पाउँदा खुसी लागेको बताइन् । यस्तै, अर्की सुनीता परियारले पनि सहयोग पाउँदा खुसी व्यक्त गरिन् ।

बिहीबार कुवेतबाट २ सय ९९ जना नेपाली महिला र शुक्रबार बिहान १ सय ४९ महिला स्वदेश फर्किएका छन् ।

कुवेतबाट जजिरा एयरलाइन्समार्फत उनीहरू काठमाडौं अवतरण गरेका हुन् । उनीहरूलाई कुवेत सरकारले नै नेपाल ल्याइदिएको हो । ·

प्रकाशित : २०७७, ३० जेष्ठ शुक्रबार १३:३९