चन्द्रागिरी मा युबाहरु को प्रदर्शन

  • 963
    Shares

सामाजिक संजाल मार्फत जोडिएका युबाहरुले शुक्रबार चन्द्रागिरी मा सरकार विरुद्ध बिरोध प्रदर्शन गरेका छन करिब दुई सय जनाको समुहमा भेला भएका युबाहरु ले गुर्जुधाराचोकमा जम्मा भई शान्तिपूर्ण रुपमा सरकार को बिरोध मा उत्रिएका हुन् ।

सरकारले कोरोना भाईरस रोकथाम मा शसक्त पहल गर्न नसकेको ,स्वस्थ्य सामग्री खरिद मा अनियमितता गरेको ,सरकारले खर्च गरेको रकम को यथार्थ विवरण सार्बजनिक नगरेको , परिक्षण सतप्रतिशत पिसिआर प्रविधिबाट नगरेको ,क्वारेन्टाइन को उचित ब्यबस्थापन गर्न नसके को भन्दै बिरोध मा उत्रेका हुन ।

सामाजिक दुरि कायम राख्दै बिरोध मा उत्रिएका युबाहरु ले बिरोधप्रदर्शन को सुरुमा र अन्त्यमा रास्ट्रिय गान गाउनुका साथै देशभक्ती का गित समेत गाएर रचनात्मक बिरोध गरेका थिएकेहि दिन यता देशका उपत्यका लागायत प्रमुख शहर हरुमा निरन्तर आन्दोलन हुँदै आएको छ ।

यता गृहमन्त्रालय ले आन्दोलनकारी प्रती लक्षित गर्दै लकडाउन अबधिमा विभिन्न बहानामा सामाजिक संजाल मार्फत ग्रुप बनाई आन्दोलन गर्न आबह्वान गर्ने,भिड्भाड गर्ने कार्य ले संक्रमण को जोखिम बढ्ने भन्दै उक्त कर्य रोक्न देशभर का जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ ।

बन्दाबन्दिको आदेश को अवज्ञा गर्ने जो कोहिलाई संक्रमक रोग ऐन २०२० को दफा ३ को सजाय अन्तर्गत प्रमुख जिल्ला अधिकारी ले एक सय देखि छ सययसम्म जरिवाना र एक महिना देखि छ महिना सम्म थुनामा राख्न सक्ने ब्यबस्था रहेको छ ।