दार्चुला को छाङरु पुगे प्रधानसेनापती र सशस्त्र प्रहरी महानिरीक्षक

  • 4
    Shares

असार ,३ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी नजिकै रहेको छाङरुमा पुगेर फर्किएका छन् ।

छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गरेर थापा र खनाल धनगढी फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ गएका थिए ।

छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा निकायका प्रमुखले व्रिफिङ लिएका छन् । साथै, आवश्यक निर्देशन पनि दिएका छन् ।

नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगर क्षेत्रमा ट्याक खोल्ने काम भइरहेको छ । यो कार्यका लागि नेपाली सेनाको फौज परिचालित भएको छ ।

त्यहाँ पनि दुवै सुरक्षा अंगको प्रमुखले निरीक्षण गरेका छन् ।सेनाप्रमुख र सशस्त्र प्रहरी प्रमुख द्वयको भ्रमण सिमामा खटिएका सुरक्षाकार्मी को बस्तुस्थिती बुझ्ने र थप आबश्यक रणनीति तयगर्ने विषयमा केन्द्रित रहेको बुझीएको छ ।

प्रकाशित : २०७७, ३ असार बुधबार १९:५४