काभ्रेमा ठुलोपरिणाम मा बोधिचित लुटपाट लुटेरा समुहको आक्रमणमा पाँच घाइते

  • 7
    Shares

काठमाडौ, असार १२ काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ मा ९० लाख बराबरको बोधिचित्त लुटपाट भएको छ।

हतियारसहित आएका ३०/३५ जनाका लुटेरा समूहले बिहीबार राति १२ बजे लुटपाट मा आधुनिक हतियारसहित आएको लुटेराहरु को समूहले लुटपाट मच्चाएको हो ।

लुटेराहरुले सुरक्षा को लागि राखीएको सिसी क्ययामरा तोडफोड गरि बोधिचित सुरक्षार्थ खटिएका पाँच जना माथी आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रहरी घटनास्थल पुग्दा लुटेराहरु बोधिचित सहित भागिसकेका थिए भने लुटेराहरुले बाटो पुरै अवरोध गरेका थिए । उक्त बोधिचित का धनी ले स्थानीय ब्यपारी लाई ९० लाखमा बेचिसकेका थिए । बहुमुल्य बोधिचित एउटै रुखको करोड पर्ने ब्यापारी हरु बताउँछन् ।

प्रहरीले लुटपाट मा पेसेवर लुटेरा समुहको संलग्नता रहेको आसङ्का गरेको छ भने लुटेराहरुको खोजी कार्य भइरहेको प्रहरी ले जनाएको छ ।‌

प्रकाशित : २०७७, १२ असार शुक्रबार १४:००