छुटाछुटै सवारी दुर्घटनामा परि दुईको मृत्यु

  • 12
    Shares

काठमाडौं, १० बैशाख
पाँचथर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
पाँचथर, तुम्बेवा गाउँपालिका(१ जरायोटार किरुवा सामुदायिक बनस्थित यासोक मौवा सडक खण्डमा मे.१ त ३८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरका सहचालक कुम्मायक गाउँपालिका १ भदौरे बस्ने १८ वर्षीय जित बहादुर सेतीसुराल (बिक) को घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सप्तरी शम्भुनाथ नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्र्तगत जिपको ठक्कर वाट एक महिलाको मृत्यु भएको छ ।

को.१ च ८४०० नम्बरको जिपले सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीया मखनी देवी थरुनीलाई ठक्कर दिंदा गम्भीर घाइते भएकीे थरुनीलाइ उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, १० बैशाख मंगलवार १५:२५