ग्रीनकार्ड भिसा रोक्ने डोनाल्ट ट्रम्पको कार्यकारी आदेश

  • 12
    Shares

एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले गत सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै हालको अध्यागमन प्रतिबन्धलाई उल्लेखनीय रूपमा परिवर्तन गरेका छन। यसमा एच -१ बी (कामदार) भिसा लगायतका धेरै आप्रवासी कार्यक्रमहरू समावेश छन् ।

एक वरिष्ठ अध्यागमन अधिकारीले बताए अनुसार – हामीसंग अभूतपूर्व अमेरिकीहरू छन् जो अहिले काम बाहिर छन्, । तर हामी पनि हाम्रो अर्थव्यवस्थामा अभूतपूर्व वृद्धि देख्नेछौं । हामी पहिला अमेरिकीहरूलाई रोजगार बनाउछौं भनेर सुनिश्चित गर्नका लागि संयुक्त राज्य अमेरिकामा केही गैर-आप्रवासी भिसा रोक्दैछौं । फेरि अमेरिकामा अमेरिकीहरूले रोजगार पाउन सक्दछन् भन्ने कुराको उद्देश्यका लागि ।

उक्त आदेशले तुरून्त सजिलै देख्न सक्ने प्रभाव नहुन सक्छ किनकि कोरोनाभाइरस महामारीको कारण नियमित भिसा सेवाहरू निलम्बन गरिएको छ । प्रशासनले आदेश दिएको छ कि कोरोनाभाइरसका कारण अर्थव्यवस्था डामाडोल भएपछि अमेरिकीहरूलाई रोजगारीका लागि पहिलो स्थानमा राख्नेछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो बर्षको अन्त्यसम्मका लागि ग्रिनकार्ड भिसा (आप्रवासी भिसा)मा लगाएको रोक लगाएको छ । तर कामदार भिसामा लगाएको रोक भने बुधबारदेखि कार्यान्वयनमा आएको छ ।

राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गरेपछि सन् २०२० को डिभी लोटरीको औचित्य समाप्त भएको छ भने पारिवारिक वा रोजगारमा आधारित ग्रिनकार्ड भिसा कुरेर बसेकाहरुले अब त्यस्तो भिसा पाउन कम्तीमा अर्कोबर्ष कुर्नुपर्नेछ । अहिलेसम्म भिसा नपाएका सन् २०२० को डिभी लोटरी विजेताहरुको अमेरिका आउने सपना भने समाप्त भएको छ ।

पहिले नै भिसा पाइसकेका तर कोरोनाको महामारीका कारण ६ महिनाभित्र अमेरिका आउन नपाएकाहरुले दूतावासमा सम्पर्क गरेर भिसा नविकरण गर्नसक्ने जनाइएको छ ।
ट्रम्पको कार्यकारी आदेशले अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई आप्रवासी भिसा प्राप्त गर्न रोक लगाएको छैन । त्यस्तै जे, एल र एचबाहेक अन्य श्रेणीका गैरआप्रवासी भिसा प्राप्त गर्न पनि रोक लगाइएको छैन । भिजिटर, विद्यार्थी लगायतका भिसाहरु भने जारी गरिनेछ ।

नेपालीहरुका सन्दर्भमा ट्रम्पको कार्यकारी आदेशको सबैभन्दा ठूलो मार डिभी विजेताहरुलाई परेको छ । सन् २०२० का झण्डै २६ सय नेपाली डिभी विजेताहरुले भिसा कुरेर बसिरहेका थिए । कतिपयको त अन्तरवार्ताको मिति समय तय भएको थियो तर कोरोनाको महामारीका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

डिभी विजेताबाहेक अन्यको भने अहिले भिसा जारी नभएपनि पछि भने भिसा पाउने सम्भावना रहनेछ । उनीहरुले सन् २०२१ को जनवरीपछि भने भिसा पाउने भएकाले उनीहरुको भिसामा केवल ढिलाईमात्र हुनेछ, सुरुवाटै प्रकृया सुरुवात गर्नुपर्ने छैन ।

प्रकाशित : २०७७, १३ असार शनिबार १३:३१