सलह किरा नेपाल भित्रियो, नियन्त्रणमा रणनीति बन्दै

काठमाडौ ,असार १३ भारत हुँदै नेपालमा सलह किरा प्रवेश गरेको छ प्रदेश २ बाराको निजगढ र प्रदेश ५ को बुटवल मा सलह किराको ठुलो झुन्ड देखिएको हो ।

सलह किरा ले बोटबिरुवा र बालिनाली लाईपुरै नस्ट बनाउछ कारोडौ को सङ्ख्या मा हुलकाहुल हिड्ने यो किरा रातमा थकाई मार्ने र दिनमा सक्रिय हुने गर्छ यो किरा ७० बर्ष पहिले देखिएको भन्दा २० गुणा ठुलो रहेको बिज्ञहरु को भनाई छ ।

कोरोना भाईरस को चपेटामा रहिरहेको बेलामा सलह किराको प्रबेश ले नेपाल लाई थप प्रभाव मा पार्ने देखिएको छ सरकारले सलह किरा नेपाल मा प्रवेश नहुने बताईरहेको बेला सलह किराको प्रवेश ले चुनौती थपेको छ ।

सरकारले यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा अन्योलता छाएको छ सलह किराको प्रवेश को खबर सगै कृषि तथा पशुपन्छी मन्त्रालय का उच्च अधिकारीहरु छलफल मा जुटेका थिए तर के गर्ने भन्ने अन्योलता कायमै छ ।

तथापि सरकारी अधिकारीहरु अन्तर्राष्ट्रिय बिज्ञहरुसग छ्लफल मा जुटेका छन्  कृषि मन्त्रालयले बिज्ञहरु को सुझाव लिएर नियन्त्रण मा लाग्न प्रदेश र स्थानीय सरकार लाई आग्रह गरेको छ ।